|

काठमाडौं : देशभर साढे तीन वर्षमा दुई हजार १६४ ले हत्या भएको तथ्यांक रहेको छ। क्षणिक अावेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा नै आवेगका कारण अनाहकमा ज्यान गुमाएका छन्।

नेपाल प्रहरीको यस तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ। प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए।

उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ। यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन्।’ यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२/७३ मा देशभर ६२७ को हत्या भएको थियो। त्यसपछि ०७३/७४ मा धेरै ६१६ को हत्या भयो।

आर्थिक वर्ष ०७१/७२ मा भने ६०८ जनाको हत्या भएको थियो। चालू आर्थिक वर्षको ६ महिनामा ३१३ जनाको हत्या भएको छ।

‘संख्या हेर्दा हत्या धेरै नै भएको देखिन्छ। तर, तीन करोड जनसंख्या भएको देशमा यी घटना सामान्य हुन्।’ नेउपानेले भने, ‘यी घटनामा कमजोर सुरक्षाका कारण नभई सामाजिक, आर्थिक, राजनीतिकजस्ता कारण छन्।’

कहिले कति हत्या ?
०७१/७२ : ६०८
०७२/७३ : ६२७
०७३/७४ : ६१६
पछिल्लो ६ महिना : ३१३
जम्मा हत्या २,१६४

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.