|

दक्षिण कोरियाको प्योङचाङमा शीतकालीन ओलिम्पिककाे भव्य रुपमा समापन गरिएको छ। आइतबार राति एक समारोहबीच दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले समापन गरेका थिए।

समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाना ट्रम्प, उत्तर कारियाको उच्च स्तरीय टोली पनि सहभागी भएको थियो। 

माघ २६ देखि १६ दिनसम्म चलेको प्रतियोगितामा नर्वेले सबैभन्दा धेरै पदक प्राप्त गरेको छ। उसले १४ स्वर्ण, १४ रजत र ११ कास्य सहित ३९ पदक प्राप्त गरेको छ। त्यस्तै जर्मनीले १४ स्वर्ण ११ रजत र सात कास्यसहित कुल ३१ पदक प्राप्त गर्‍यो। तेस्रो स्थानमा क्यानडा आएको छ। उसले ११ स्वर्ण ८ रजत र १० कास्यसहित कुल २९ पदक हात पार्‍यो। 

स्की खेलाडी मारित बोएर्गनले ओलिम्पिक खेलको आफ्नो आठौं स्वर्ण पदक जितेकी छन्। उनी शीतकालीन ओलिम्पिकको इतिहासमैं सबैभन्दा धेरै पदक जित्न सफल खेलाडी बनेकी छन्। प्रत्येक चार चार वर्षमा हुने प्रतियोगिता सन् २०२२ मा चीनमा हुनेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.