|

मकवानपुर : प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार पनि बस्दैछ। बिहान ११ बजे हेटौंडामा बस्ने बैठकमा अाइतबार प्रस्तुत गरिएको प्रदेशसभा कार्याविधि २०७४ को मस्यौदामाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

कार्याविधि मस्यौदा समितिका संयोजक राजेन्द्र पाण्डेले प्रदेशसभाका सभामुख, उपसभामुख र प्रदेशसभाका सदस्यको काम कर्तव्य अधिकारका आइतबारबो बैठकमा प्रस्तुत गरेका थिए। त्यस्तै, प्रदेशसभामा सार्वजनिक हितका विषय, आर्थिक विनियोजित विधयेक, विशेषाधिकार विधयेकलगायत २१७ वटा दफा र ६ वटा अनुसूची समावेश गरिएको कार्यविधि पनि प्रस्तुत भइसकेको छ।

सोमबारको बैठकमा मस्यौदामाथि  संशोधनको लागि १० बजेको समय निर्धारण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.