|

काठमाडौं : विश्व कप क्रिकेट छनोटमा सहभागि हुने नेपाली टोली जिम्बावे पुगेको छ। जिम्बावे पुगे लगत्तै नेपाली टोली विश्वकप छनोटमा सहभागी हुने टोलीका लागि आयोजित रात्रि भोजमा सहभागी भएको जिम्बावे क्रिकेटले जनाएको छ।

आइतबार बेलुकी नेपाली क्रिकेट टोली जिम्बावे पुगेको हो।  आईसीसी विश्वकप छनोट प्रतियोगितामा सहभागी हुने टोलीका लागि अाइतबार राति स्थानीय रेन्बो टावरमा रात्रि भोजको आयोजना गरिएको थियो। लामो यात्राको थकानपछि जिम्बावे पुगेको नेपाली टोली हरारेमा आयोजित रात्रि भोजमा रमाएको थियो। नेपाली टाेली कप्तान पारस खड्का र आईपीएलअन्तर्गत दिल्लीमा आवद्ध सन्दीप लामिछानेलाई आयोजक जिम्बावेले निकै महत्त्व दिएको थियो।

वेष्टइन्डिज, नेदरल्याण्ड, आयरल्याण्ड, युएईलगायतका अधिकांश टोली जिम्बावे पुगिसेका छन्। नेपालले मंगलबार संयुक्त अरब इमिरेट्स र १७ गते हङकङसँग अभ्यास खेल खेल्नेछ। विश्वकप छनोटको पहिलो खेलमा भने नेपालले आउँदो २० गते आयोजक जिम्बावेसँग खेल्नेछ।

१० टोली सहभागी प्रतियोगितामा दुई समूहका विजेता अर्को वर्ष हुने विश्वकप क्रिकेटमा सहभागी हुनेछन्। सुपर सिक्समा पर्ने टोलीले एकदिवशीय क्रिकेटको मान्यता पाउनेछ। नेपाल रहेको समूहमा आयोजक जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्।

अर्को समूहमा वेष्टइन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्यूगिनी र युएई रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.