दुई अध्यक्ष आन्तरिक छलफलमा

|

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। पार्टी एकतामा सहमत नेकपा माओवादी केन्द्र र आफ्नो पार्टी नेकपा एमालेका नेताहरु समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

मन्त्रालय थोरै र अकांक्षी धेरै भएकाले दुवै पार्टीले मन्त्री बन्नेको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ। दुवै पार्टीले मन्त्री बन्नेको नाम टुंग्याउने अधिकार अध्यक्षहरुलाई दिएका छन्।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा आइतबार गाेप्य छलफल भएको थियो। एमाले नेता सुवास नेम्बाङका अनुसार सोमबार बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ।

कुरा मिलेको अवस्थामा संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ। त्यसो हुँदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परराष्ट्र मन्त्रालय लिने सम्भावना रहेको एमालेका एक नेताले बताए। सोमबार नै सपथ गराउने तयारीमा रहेका दुवै अध्यक्ष अहिले मन्त्री छान्न आन्तरिक छलफलमा छन्।

माओवादी अध्यक्ष प्रचण्ड नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसँग आफ्नै निवास खुमलटारमा छलफलमा व्यस्त रहेका छन्। प्रधानमन्त्री ओली पनि बालुवाटरमा आफू निकटका नेताहरुसँगको परामर्शमा छन्। एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली, भानुभक्त ढकाल, सुरेन्द्र पाण्डे, रवीन्द्र अधिकारीलगायतको मन्त्री बन्ने चर्चा छ।

रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको माओवादी केन्द्रबाट वर्षमान पुन, मातृका यादव, बीना मगर, अमनलाल मोदी, शक्ति बस्नेतलगायतको नाम चर्चामा छ। 

यो पनि पढ्नुस :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.