|

काठमाडौं :  नेपाल औषधि लिमिडेटले सोमबारदेखि सिटामोलको व्यवसायिक उत्पादन सुरु गरेको छ। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा नभएको भन्दै रोकिएको नेपाली उत्पादनको औषधि सिटामोलको फेरि उत्पादन सुरु हुने भएको हो।

सरकारले नयाँ प्रविधि र प्राविधिक जनशक्तिका लागि बजेटको व्यवस्था गरेसँगै मापदण्डअनुसार उत्पादन सुरु गर्न लागिएको लिमिटेडका महानिर्देशक रोवस सुवेदीले जानकारी गराए।

सुवेदीका अनुसार चार वटा नयाँ उपकरण खरिद गरिएको छ। १९ जना थप दक्ष जनशक्ति नियुक्त गरिएको छ। फागुन महिनाभरि पहिलो लटको सिटामोल उत्पादन भइसक्ने महानिर्देशक सुवेदीले बताए।

पहिलो लटमा तीन लाख २० हजार ट्याबलेट उत्पादन हुने गर्ने लक्ष्य लिमिटेडको छ। महानिर्देशक सुवेदीले भने, 'सरकारले नि:शुल्क वितरण गर्ने औषधिमध्ये सिटामोल पनि रहेकाले वितरणका लागि अहिलेको उत्पादन हुनेछ, अन्य बजारको मागअनुसार उत्पादन केही समय अझै लाग्न सक्छ।'

कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड पूरा गर्न नसकेको भन्दै सिटामोलको उत्पादन ०६७ असोजदेखि रोकिएको थियो। जीवनजलको यसअघि नै पुनः उत्पादन गरिसकेको लिमिटेडले सिटामोलसँगै अन्य आषौधि पनि क्रमशः उत्पादन गर्दै जाने जनाएको छ।  सिटामोलपछि अल्बेन्डा जोल र आइरन चक्की उत्पादन थाल्ने तायरी रहेको लिमिटेडले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.