|

काठमाडौं:  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित पार्टीका सांसदहरुसँग छलफल गर्न थालेका छन्। दिउँसो आफ्नै निवास बोहराटारमा आउन सांसदहरुलाई निम्तो दिएका पौडेलले पार्टी कमजोर बन्नुको कारण र सशक्त बनाउने बिषयमा छलफल गर्न लागेको बताइएको छ।

पार्टी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका पौडेलले पार्टीलाई क्रियाशल बनाउने अभियान थाल्ने तयारी समेत गरेका हुन्। उनले केन्द्रदेखि गाउँ इकाईसम्मै अभियान थाल्ने तयारी गरेको पौडेल निकट एक नेताले बताए।

सोमबारको छलफलमा पार्टीमा सभापति देउवाले खेलेको भूमिका र प्रभावको विषयमा समेत छलफल हुनेछ। त्यस्तै निर्वाचित सांसदले संसदमा खेल्ने भूमिकाको विषयमा पनि छलफल हुने स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.