|
File Photo

कैलाली : प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन्।

उनले सोमबार बिहान ११ बजे जिल्ला अदालतमा आत्मसमर्पण गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

चौधरीलाई टीकापुर घटनाको दोषी ठहर गर्दै प्रहरीले फरार सूचीमा राखेको थियो। उनी फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका थिए।
टीकापुर घटनामा १ बालक र ८ प्रहरी मारिएका थिए। जसमा एसएसपी लक्ष्मण न्यौपाने समेत मारिएका थिए। २०७२ भदौ ७ गतेको उक्त घटनामा चौधरीलाई मुख्य अभियुक्त करार गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.