|

कैलाली : टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन्।

सोमबार बिहान अदालतमा उपस्थित भएका चौधरीको मुद्दामा बहस सुरु भएको छ। चौधरीको बयान जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलाशमा भइरहेको अदालतका श्रेस्तेदार इन्द्र कडायतले जानकारी दिए।

अभियुक्त चौधरीको पक्षमा अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र मिलनकुमार राईले वहश पैरवी गरिरहेका छन्।

कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन्। चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षााकर्मी र १ नाबालक मारिएका थिए। उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ।

यी पनि पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.