अछाम : अछाममा भीरबाट लडेर एक बालिकाको ज्यान गएको छ।
कमलबजार नगरपालिका- ४ का सेते कामीकी १४ वर्षकी छोरी रूपा बिकको भीरबाट लडेर मृत्यु भएको हो।
शनिबार स्थानीय तान्तु लुगावन सामुदायिक वनको लामाडाँडा जंगलमा घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएकी रूपाको सोमबार शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्थानीय श्री कृष्ण आधारभूत विद्यालयकी शिक्षिका पूर्णकला देवकोटाले जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।