|

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी)ले ऋण र अनुदान नदिए पनि नागरिक उड्डयन प्राधिकरणले आफ्नै स्रोतबाट अघि बढाउने भएको छ।

सहयोग रोक्ने डेढ महिनाअघिको निर्णयलाई एडीबीले अझै पुनः मूल्याङ्कल नगरेपछि प्राधिकरणले आफ्नै स्रोतले विमानस्थलको काम अघि बढाउने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। 

एडीबीको आश्वासन कुर्नुभन्दा कामलाई निन्तरता दिने प्राधिकरणको दायित्व रहेकाले त्यस्तै असहज परिस्थिति आए नेपाल सरकारसँग अनुरोध गरेर सेयर लगानी गर्ने र अनुदान नभए प्राधिकरणकै आफ्नै स्रोतबाट लगानी गरेर आयोजना पूरा गर्ने प्रवक्ता श्रेष्ठल बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.