|
फाइल तस्बिर

काठमाडौं : संघीय संसद सचिवालयले सरकारका कामकारवाही र जनसरोकारका विषयमा प्रतिनिधिसभा सदस्य र प्रधानमन्त्रीबीचको प्रत्यक्ष प्रश्नोत्तरलाई नियमावलीमा नै समेट्ने तयारी गरेको छ।

यसअघिको कार्यकालमा नियमावलीअनुसार कार्यविधि तयार पारे पनि संसदमा प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर सुरु हुन सकेको थिएन। यो पटक प्रधानमन्त्रीसँग सरकारका कामकारवाहीबारे संसदमा सवालजवाफ गर्ने गरी नियमावलीमै व्यवस्था गर्न लागिएको छ।

सचिवालयले नियमावलीको मस्यौदा तयार पारिसकेको छ। तर, औपचारिक रुपमा नियमावली संसदबाटै पारित हुनुपर्नेछ। सचिवालयले प्रस्ताव गरेको नियमावली संसदबाट पारित भएमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तरको विधि नियमावलीमा समेटिनेछ।

सचिवालयको प्रस्तावअनुसार प्रधानमन्त्रीसँग सांसदहरुले सरकारका कामकारवाही र अन्य जनचासोका विषयमा प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन्। मन्त्रीहरुको हकमा भने कार्यविधि कस्तो हुने यकिन भइसकेको छैन। प्रस्तावअनुसार प्रधानमन्त्रीलाई मौखिक तथा लिखित दुवै रुपमा प्रश्न गर्न पाइनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.