|

जनकपुरधाम : प्रदेश २ को मन्त्रिपरिषद् विस्तारको क्रममा बुधबार चारमन्त्री र तीन राज्यमन्त्रीले शपथग्रहण गरेका छन्। मन्त्रिपरिषद् विस्तारको क्रममा चार मन्त्रीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथग्रहण गराएका थिए, भने राज्यमन्त्रीलाईलाई मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नेपालीमा शपथग्रहण गराएका थिए। 

मन्त्रीमा शपथग्रहण गर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका ज्ञानेन्द्र कुमार यादव प्रदेश सरकारको गृह आन्तरिक मामिला तथा कानुन, शैलेन्द्र साह भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र राष्ट्रिय जनता पार्टी नेपालबाट नवलकिशोर साह सुडी सामाजिक विकास मन्त्रालय र रामनरेश राय उद्योग तथा पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

यसैगरी, संघीय समाजवादी फोरम नेपालको तर्फबाटै सरोज सिंह कुशवाहा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री,  योगेन्द्र राय यादव भूमि व्यवस्था कृषि तथा सहकारी रान्यमन्त्री र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको रुपमा शपथग्रहण गरेका हुन्। 

यसअघि, नै मुख्यमन्त्री लालबाबु राउतले शपथ लिएकै दिन अर्थमन्त्री विजय यादव र जितेन्द्र सोनल भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले नेपालीमा शपथग्रहण गराएका थिए भने ज्ञानेन्द्र यादव, शैलेन्द्र साहले मैथिलीमा शपथग्रहण गरेका थिए। यसैगरी, नवलकिशोर साह सुडी र रामनरेश रायले हिन्दीमा शपथग्रहण गरेका थिए भने सम्पूर्ण राज्यमन्त्रीहरुले मैथिलीमै शपथग्रहण गरेका थिए। बुधबार भएको मन्त्री परिषद्को विस्तारसँगै मुख्यमन्त्रीसहित ६ मन्त्री र तीन राज्यमन्त्री गरी कुल १० सदस्यीय मन्त्रिपरिषद् भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.