फोरमसँगको सहमतिपत्रमा हस्ताक्षरको तयारी

|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संविधान संशोधन र सरकार विस्तारबारे छलफल भइरहेको छ। 

दुई नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भइरहेको हो।

बैठकमा मन्त्रिपरिषद् विस्तार र संघीय समाजवादी फोरमको सरकारमा सहभागिताबारे छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

ओली र प्रचण्ड लगायत एमाले र माओवादीका शीर्ष नेताको सहभागिता रहेको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि सहभागिता गराउने बताइएको छ। 

त्यस लगत्तै एमाले, माओवादी र फोरमबीच संविधान संशोधनको लागि तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.