|

काठमाडौं :  विश्वकप छनोट खेल्न जिम्बावेमा पुगेको नेपाली क्रिकेट टोलीले बिहीबार दोस्रो अभ्यास खेलमा हङकङसंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ।

यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा यूएई विरुद्ध नेपाल ५ विकेटले विजयी भएको थियो। नेपाली क्रिकेट टोलीले आउँदो आईतबार प्रतियोगिताको उद्घाटन खेल आयोजक जिम्बावेसंग खेल्नेछ।

डिभिजन टूको शीर्ष स्थानमा रहेर नेपाल तेस्रो पटक विश्वकप एकदिवशीयको छनोट खेल्न जिम्बावे पुगेको हो। दुई समूहमा सहभागि १० टोलीबीचको खेलमा नेपाल समूह बिजेता बनेको अवस्थामा पहिलो पटक विश्वकप खेल्नेछ।

नेपालले यसअघि विश्व कप छनोट सन् २००१ र सन् २०१४ मा खेलेको थियो। नेपालले विश्वकप छनोटको दोस्रो खेल मार्च ८ मा स्कटल्याण्डसंग, तेस्रो खेल मार्च १० मा अफगानस्तानसंग, र चौथो तथा अन्तिम खेल नेपालले मार्च १२ मा हङकङसंग खेल्नेछ।

नेपाल रहेको समूहमा अफगानस्तान र जिम्वावेनै मुख्य बलिया टिम हुन। नेपाल समूह बीमा रहेको छ। समूह एमा भने वेष्टइन्डीजसंगै आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्यूगिनी र संयुक्त अरब इमिरेट्स छन।

प्रतियोगिताको सुपर सिक्समा पर्न सफल भएमा नेपालले सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता प्राप्त गर्नेछ। विश्वकप क्रिकेट इग्लाण्ड र वेल्समा आउँदो वर्ष आयोजना हुनेछ।

विश्वकप क्रिकेटमा इग्लाण्ड, अष्टेलिया, बंगलादेश, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकासंग विश्वकप छनोटबाट आएका दुई टोलीले खेल्न पाउनेछन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.