|

हेटौँडा : मकवानपुर प्रहरीले होलीमा अप्रिय घटना हुन नदिन बिहीबारदेखि प्रहरी परिचालन गरेको छ। सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न प्रहरीले चेकजाँच र गस्ती गर्ने प्रहरीको संख्या बढाइएको प्रहरीले जनाएको छ।

होलीका लागि विशेष सुरक्षा रणनीति तयार गर्दै प्रहरीले जिल्लाभर ३२३ जना सुरक्षाकर्मी परिचालन गरेको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। यसरी खटाइएको प्रहरी सादा पोशाकमा समेत रहनेछन्। होलीमा जबर्जस्ती रंग हाल्ने, लोला हान्ने, फोहर पानी छ्याप्ने, मोबिल दल्ने लगायतका गर्नेलाई जरिवानादेखि जेलसम्मको कारवाही गर्ने प्रहरीले चेतावनी दिएका छ।

यस्तै, अमर्यादित क्रियाकलाप गर्नेलाई २५ हजारदेखि रुपैयाँ जरिवाना र एक वर्ष जेल सजायसम्मको कारवाही गर्ने प्रहरी उपरीक्षक खनालले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.