|

नवलपरासी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउने कसरत अन्तिम चरणमा पुगेको बताएका छन्। उनले अब सबैलाई समेटेर देशमा सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताएका छन्।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाटमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,“अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ।” संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिए।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भने, “अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ।

अध्यक्ष दाहालले गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपको अवलोकन गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.