|

सल्यान : रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल-७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ। 

एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु एसएम कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो। 

वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिइन्। वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उनले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गरेकी छन्। मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.