|
प्रतीकात्मक तस्विर

हुम्ला : राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ। सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो।

व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जीप ल्याएका हुन्। सदरमुकाममा सञ्चालनका लागि जीप ल्याएको व्यवसायी रावतले बताए।

रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।  ‘सुर्खेतबाट सिमिकोटसम्म हेलिकोप्टरको भाडामा मात्रै १० लाख ५० हजार तिरेँ,’ उनले भने। योसँगै सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ। 

ढुवानी गर्न तीन महिना 
सुर्खेत विमानस्थलबाट सिमिकोट विमानस्थल पुग्न एक घण्टा लाग्छ। तर, व्यवसायीहरूलाई सुर्खेतबाट सिमिकोटसम्म गाडी ढुवानी गर्न भने तीन महिना लागेको छ। ‘सुर्खेत विमानस्थलबाट सिमिकोट पुर्‍याउन तीन महिना लाग्यो,’ व्यवसायी चिना रावतले भने।

उनको गाडी मंसिरमा नै सुर्खेत विमानस्थल पुगेको थियो। रावतले त्यतिवेलै हेलिकोप्टर चार्टरका लागि सेनालाई निवेदन दिएका थिए। सेनाको मुख्यालय हुँदै राष्ट्रपति कार्यालयबाट स्वीकृति पाउन तीन महिना लागेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.