|

अछाम : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन्।

प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताएका छन्।

अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र र एमालेबीच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रष्ट पारे। अध्यक्ष प्रचण्डले अब दुई तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताए।

स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उनले अब देशले आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा सुरु गरिसकेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले जनयुद्धको आधार इलाका रामारोशनलाई युद्ध पर्यटन क्षेत्रको रूपमा विकास गरिने आश्वासन दिँदै यहाँका तालहरू र वरिपरिको प्राकृतिक स्रोतको संरक्षणमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.