|
फाइल फोटो

काठमाडौं : जनकपुरमा यो वर्ष शनिबार होली मनाइँदैछ। सामान्यतया तराई–मधेसमा फागु पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ। जनकपुरबाहेकका स्थानमा शुक्रबार नै होली मनाइएको थियो।

जनकपुरमा भने माध्यमिकी परिक्रमाका कारण होली एकदिन पछि सरेको हो। अाध्यात्मिक महत्त्वको मिथिला परिक्रमा शुक्रबार मात्र सम्पन्न भएकाले होलीपर्व शनिवार मनाइन लागेको हो। ‘माध्यमिकी परिक्रमाका कारण होली प्रभावित भएको हो’, संस्कृतिविद् प्रा.डा. राजेन्द्र विमलले भने, 'माध्यमिकी परिक्रमा बिहीबार सकिएकाले एकदिन विश्राम गरी होली शनिबार मनाइन लागेको हो।’

संस्कृतिविद् विमलका अनुसार यस्तो विरलै पर्छ। होलीका दिन आइतबार, मंगलबार आदि परे पनि भोलिपल्ट होली मनाउने चलन रहेको उनी बताउँछन्।  होलीमा माछामासु, मद्य आदिको प्रयोग हुने भएकाले एक दिनपछि सारिएको पनि बताइन्छ। माध्यमिकी परिक्रमाका बेला र बार विशेषामा माछामासुलगायत पदार्थ निषेध गरिन्छ।

जनकपुर क्षेत्रमा एक अर्काप्रति मैत्रीभावले रङ हालेर र मीठो परिकार खाएर यो पर्व मनाइन्छ। होली र यसको सेरोफेरोमा जोगिरा गीत गाउने चलन रहेकाे संस्कृतिविद् डा. रामदयाल राकेशले बताए। अाधुनिकताको प्रभावमा परेर जोगिरा गीत लोप हुने स्थितिमा पुगेको उनले बताए।
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.