|

काठमाडौं : हाम्रो नेपाली-अंग्रेजी डिक्सनरी एपले आफ्नो परिमार्जत संस्करण ल्याएको छ।

ललितपुरमा शनिबार एक कार्यक्रम गरी हाम्रो पात्रोको व्यवसायिक संस्था स्मार्ट आइडियाज प्रालिले डिक्सनरीको परिस्कृत स्वरुप सार्वजनिक गरेको हो।

यो एप १० लाखभन्दा बढी लाउनलोड भइसकेको छ। सन् २०१६ मा सार्वजनिक भएयता यसका दैनिक लाखौं प्रयोगकर्ता रहेका छन्।

यो एपमा एन्ड्रोइल मोबाइलमा एकपटक लाउनलोड गरिसकेपछि यसको प्रयोग गर्न इन्टरनेट आवश्यक नपर्ने गरी अफलाइन सुविधा रहेको छ। यसमा नेपाल नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन्।

पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित उपलब्ध छ।

स्कूले तहबाट माथि उठेर वयस्कहरूको लागि हाम्रो नेपाली-English Dictionary एप तयार भएकोछ अर्थात् अब यसले एडभान्स शब्दहरू पनि देखाउँनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ।

नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् चूडामणि गौतमले यो एपको नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराएका हुन्।

परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन्। नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन्।­

नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहेका नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ भाषाविद् गौतमसँग शब्दका लागि सहकार्य गरेको हाम्रो प्रविधिले जनाएको छ।

हाम्रो पात्रोले नयाँ संस्करणबारे प्रतिक्रिया भए सिधै प्ले स्टोरमा कमेन्ट गर्न तथा [email protected] इमेल गर्न पनि अनुरोध गरेको छ।

 

नयाँ एपका विशेषता
असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू
तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक)
अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको अडियो उच्चारण (Pronunciation)
अफलाइनः Dictionary प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने
खोज्नेः सजिलै Search मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्द खोज्न सकिने
शब्द सुरक्षितः आफूलार्इ मनपरेका अथवा विशेष लागेका शब्दहरू सुरक्षित (Save) गर्न सकिने अक्षर
खेलः अक्षरसंग सम्बन्धित ज्ञानवर्धक खेलहरू

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.