|
प्रतीकात्मक तस्वीर

कपिलवस्तु :  विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा शनिबार आगलागी हुँदा बालिकाको मृत्यु भएको छ।

अबहोरी यादवको फुसको घरमा बालेको आगो हावाहुरीले फैलिँदा यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।

घरका सबै सदस्य बालिकालाई घरभित्र सुताएर बाहिर काममा निस्केका थिए। घर अाउँदा आगो फैलिसकेकाले परिवारले बालिकालाई बचाउन नसकेको प्रहरीले जनाएको छ। आगलागीका कारण सात बाख्रा पनि जलेर मरेका छन् भने ३० हजार नगदसहित तीन लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले बताएको छ।

स्थानीय समुदाय र प्रहरीको सक्रियातामा आगलागी नियन्त्रणमा आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.