|

नुवाकोट : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नुवाकोटे प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेको मासुसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। 

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। लामो समयदेखि वन्यजन्तुको ओसारपसार गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई सीआईबी प्रहरीले ग्राहक बनेर पछ्याउने क्रममा शनिबार कृष्णलालको घरबाट हुचिल र सालकको सुकेका मासुका टुक्राहरु नियन्त्रणमा लिएको जनाएको छ। 

हुचिल र सालक लोपोन्मुख वन्यजन्तुमा पर्ने भएकाले पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनअनुसार कारबाहीका लागि प्रहरीले आइतबार जिल्ला वन कार्यालयमा बुझाउने जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.