|

काभ्रेपलाञ्चोक :  भारतमा काम लगाइदिने बहानामा काभ्रेलाञ्चोक र सिन्धुलीका युवालाई ठगी गर्ने खानीखोला–५ का प्रेम लामा बललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ठगीसम्बन्धी उजुरी परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘बेथानचोकका ओमविक्रम लामाले आफूलाई ठगी गरेको भन्दै उजुरी दिएपछि हामीले बललाई फागुन पक्राउ गरेका छौं। त्यससँगै अरुले पनि ठगिएको भन्दै उजुरी दिएका छन्’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले भने, ‘हामीले आवश्यक अनुसन्धानको सिलसिलामा उनलाई हिरासतमा राखेका छौं।’ उनले गरेको ठगीको बारेमा थुप्रै सूचना अाएकाले कारबाही अघि बढाएको थपलियाले बताए।

यस्तै शनिबार बनेपामा पत्रकार सम्मेलन गरी २६ जनाले बललगायत ठगीमा संलग्नलाई कडा कारबाही गर्न माग गरे। मासिक ४० हजार देखि एक लाख २० हजार भारु तलब पाउने आश्वासन देखाएर बललगायतले ठगी गरेको उनीहरूको अारोप छ।

रौतहटका अमित तिमल्सिना, बाराका उदयराज पाण्डे, बाराकै सञ्जय रेश्मी मगर, चपुरका निग्मा भनिने राजु लामा  र हेलन रेग्मी भनिने तारा थापा मगरले भारतको बिहार प्रदेश मोतिहारी खुस्मानगरमा रहेको आइकोनेन ट्रेडमार्टको नाममा रहेको कम्पनीको नाममा फाराम भरेर रकम असुली गरेको उनीहरूकाे अारोप छ।

प्रहरी निरीक्षक थपलियाले भने यो विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.