|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले राजनीतिक हस्तक्षेबाट मुक्त गर्ने खालको शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिएका छन्।

मुख्य मन्त्री राउतले सामुदायिक विद्यालय अहिले सत्तारुढ दलको कार्यकर्ता भर्ना गर्ने थलोको रूपमा परिणत भएकाले शिक्षाको स्तर दिनानुदिन खस्किँदो अवस्था रहेको बताए।

प्याव्सन प्रदेश २ को प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले वर्तमान शिक्षा नीतिले शिक्षाको विकास सम्भव नभएको बताए। उनले भने, ‘सामुदायिक विद्यालयमा योग्य र सक्षम शिक्षक छन् तर उनीहरू राजनीतिक पार्टीका पछि लागेर हिँड्छन्। कक्षामा पढाउन जाँदैनन्।’ 

मुख्यमन्त्री राउतले अबको शिक्षानीति व्यावहारिक र जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘शिक्षकले आफ्नो पढाउने जिम्मेवारी वहन नगरी विद्यालयलाई राजनीति गर्ने अखडाका रूपमा मात्र लिएका छन्।’

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, आर्थिक मामिला तथा विकास राज्यमन्त्री उषा यादवको समेत उपस्थिति थियो। कार्यक्रममा मधेस आन्दोलनको क्रममा शहीद भएका वीरेन्द्र बिच्छाकी श्रीमती शिल्पी बिच्छालाई पाँच हजार १०० नगदसहित सम्मान गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.