|

  • देवानन्द न्यौपाने

कैलाली : होली खेल्ने क्रममा टीकापुरमा हत्या गरिएका करण थापाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै आन्दोन भएको छ। थापाका आफन्तले हत्या भएको चार दिन बितिसक्दा समेत हत्यारालाई सार्वजनिक नगरेको भन्दै आइतबार आन्दोलन गरेका हुन्।

टीकापुरमा नारा जुलुससहित आन्दोलन भएको आन्दोलन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी प्रशासनले हत्यामा संलग्न भएकाहरूलाई सार्वजनिक नगरेको भन्दै आफन्तले टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलको घरसमेत घेराउ गरेका थिए।

त्यसपछि प्रमुख रावलको घरलाई प्रहरीले सुरक्षा दिइरहेको छ।

दिउँसो भएको आन्दोलनमा टीकापुर बजारको स्थिति तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास समेत प्रहार गर्‍यो।

कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनामा संलग्न भएको आशंकामा शनिबार नै दुई जनालाई नियन्त्रणमा लिइएको र उनीहरूले संलग्नता स्वीकार गरेको बताए। उनले थप अनुसन्धान भइरहेको बताए।

टीकापुरमा सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ।

पीडित परिवारले गरेको आन्दोलनका कारण आइतबार बजार, शैक्षिक संस्था, कलकारखाना बन्द भए।

१७ गते राति टीकापुरमा होली खेलिरहेका बेला सितापुरका २१ वर्षीय करण थापाको हत्या भएको थियो। उक्त हत्यामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको र अनुसनधान भइरहेको प्रहरीले बताउँदै आएको छ।

मृतकका परिवारसँगको छलफलपछि आइतबार पोष्टमार्टम गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.