सीमा समस्याबारे सोमबार नेपाल-भारत वार्ता

|

दार्चुला : नेपाली भूमिमा बाटो र र महाकालीमाथि एकतर्फी पुल बनाएको भारतले त्यसलाई बैधता दिन दबाब दिएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय, दार्चुलामा भारतले नेपालभित्र बनाएको बाटो र महाकाली माथि एकतर्फी रुपमा बनाएका पुललाई निरन्तरता दिन भारतका स्थानीय नागरिकका नाममा दबाबमुलक निवेदन दिइएका छन्।

भारत पिथौरागढ जिल्लाको उत्तरपूर्वी सीमा क्षेत्रका नागरिकहरूको सहज आवागमनका लागि भन्दै नेपाली भूमिमा भारतले बनाएका पुल र बाटोलाई थप विकास गर्न तर नहटाउन भन्दै निवेदन दिइएका हुन्। उक्त क्षेत्रमा बसोबास गर्ने सौका (रं) जातीका नागरिकहरूका तर्फबाट भन्दै आइतबार दिउँसो जिल्ला प्रशासनमा निवदेन पेश गरिएको हो।

उक्त निवदेशनमा दुई बुँदा रहेका छन्। जसमा नेपाली भूमिमा भारतीयको आवागमन सहज बनाउन खातिर भारतले एकतर्फी बनाएका पुलहरू सुचारु राख्न तथा नेपाली क्षेत्रमा रहेको बाटोको थप मर्मत गर्न माग गरिएको छ।

उक्त क्षेत्रका पाँच ग्राम पञ्चायतका प्रधानहरू, क्षेत्र पञ्चायत गर्ब्याङका सदस्य तथा रं कल्याण संस्थाका तर्फबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन पेश गरिएको हो।

निवेदन दिन रं कल्याण संस्थाका महासचिव सहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो। भारतीय क्षेत्रका ग्राम पञ्चायतहरू कुटी, बुदी, नाबी, गर्ब्याङ र नपल्च्युका ग्राम प्रधानहरू, क्षेत्र पञ्चायत सदस्य विजयसिंह गर्ब्याल तथा रं कल्याण संस्थाका महासचिवको हस्ताक्षर सहितको निवदेन पेश गरिएको छ।

निवेदनमा उक्त क्षेत्रमा गएको पहिरोका कारण भारततर्फ आवत जावत बन्द भएकाले नेपालको भूमी उपयुक्त हुने भएकाले उक्त बाटो प्रयोग गरिएको लेखिएको छ। तर, भारतले नेपालको स्वीकृति पाउनुपूर्व नै उक्त क्षेत्रमा बाटो र पुल निर्माण गरेको थियो। अहिले पनि भारतीय पक्षले जनताको तहबाट र पञ्चायतको तहबाट बाटोको विकास र पुल नहटाउन माग भएको हो। भारतका पञ्चायत निर्वाचित स्थानीय तह हुन्।

 जबकी यसअघि नै भारत नेपाली भूमिमा एकतर्फी बाटो खनेको र पुल बनाएको छ।

पढ्नुहोस् : महाकाली नदीमा अनुमतिबिनै भारतीय पक्षले बनायो काठे पुल र बाटो

सीमा क्षेत्रमा देखिएको समस्याका बारेमा छलफल गर्न सोमबार भारतको पिथौरागढ जिल्लामा दुई जिल्लाका अधिकारीको बैठक हुँदैछ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा भारतीय पक्षले पेश गरेको निवेदन :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.