|

  • पेमा लामा

काभ्रेपलाञ्चोक : डाँडापरिस्थित बेनाथचोक–१ च्याम्राङबेंशी झिँगेमा गरिएको कफीमा रोग लागेपछि उत्पादन घटको छ। कफीको बोटमा गबारो र सिँदुरे रोग लागेकाले उत्पादन घटेका हो। 

झिँगेमा रहेको अलकापुरी जैविक कफी उत्पादक सहकारी संघका अध्यक्ष गोपालकृष्ण सापकोटाले डाँडापारि क्षेत्रको बासिन्दाले व्यवसायिकरुपमा खेती गर्दै आएको कफीमा रोगको संक्रमणले उत्पादन घटेपछि आफुहरु मर्कामा परेको बताए। ‘यहाँका किसानको मुख्य नगदेबालीे कफीमा रोगको संक्रमणले उत्पादनमा घट्यो’ सापकोटाले भने, ‘अघिल्लो वर्ष मैले करिव चार टन उत्पादन गरे पनि यस वर्ष करिव दुई टन पनि मुस्किलले बनाएँ।’

अर्का किसान बलराम सापकोटाले पानी नपर्नु र रोगको संक्रमणका कारण यस वर्ष कफी उत्पादनमा कम भएको बताए। ‘यहाँका किसानको मुख्य आम्दानीको स्रोत भनेकै कफी हो,’ उनल भने, ‘कफी नै रोग र पानी काम हुँदा उत्पादन घट्यो। यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ।’ यहाँका क्षेत्रमा काँचो कफी प्रतिकिलो १४० रुपैयाँ र र सुकाएको ६०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ।

यस क्षेत्रमा गतवर्ष करिव आठ टन कफी उत्पादन हुन्थ्यो। तर, यस वर्ष करिव ३/४ टन मात्रै उत्पादन भएको छ। कफीमा फल लागे पनि सबै किराले लागी दाना सेतो भएर झरेको किसानहरु बताउँछन्। सिँदुरे रोग लागेपछि कफीको बोट ढुसी लागेर पात र फल झर्ने समस्या आएको छ।

बनेपामा हिम श्रृंखला जैविक कफी उद्योग सञ्चालन गर्दै आएका गोविन्द गिरीले पहिला पहिला जिल्लामा ५० टन जति कफी उत्पादन हुँदै आएकोमा अहिले २०÷२५ टन जति मात्रै उत्पादन हुने गरेको बताए। यस क्षेत्रका किसानले २०÷२५ वर्षअघिदेखि कफी खेती गर्दै आएका हुन्। यहाँ उत्पादन भएको कफीलाई जिल्लामा गुणस्तरीय कफी मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.