|

रौतहट : इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ। 

इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नम्बरको मोटरसाइकल दुुर्घटना भएको थियो। दुुर्घटनामा स्थानीय ३० वर्षीय कमोद ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए। 

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले बताए। घटनास्थल सदरमुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.