जण्डिस निको हुने विश्वास

|

रुकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, स्थित कमल दहमा रहेको कमलको डाँठ र फल बचेर हुने आम्दानी राज्यकोषमा आउने भएको छ। कमलबाट हुने आम्दानीलाई गाउँपालिका मातहत ल्याउन प्रक्रिया थालेको छ।

काँचो डाँठ प्रतिकिलो चार सय, त्यसको चाना प्रतिमाना छ सय र फल प्रतिगोटा १० रुपैयाँमा बिक्री हुँदै आएको छ। 

यसअघि कमलको डाँठ र फल मनपरी ढंगले निकाल्ने र बिक्री वितरण हुने गरेकामा अब त्यसलाई व्यवस्थित गर्न थालिएको छ। गाउँ कार्यपालिकाको बैठकले कमल दहमा रहेका कमलको डाँठ र फल निकाल्ने र बिक्रीलाई व्यवस्थित गर्ने भन्दै टेन्डर आह्वान गरिएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताए।

माघदेखि चैतसम्म कमललको डाँठ र फल निकाल्ने गरिन्छ। डाँठबाट बनाइएको अचार र फल खाँदा जण्डिस निको हुन्छ भन्ने विश्वास छ। त्यसैले यहाँको कमलको डाँठ र फल दाङ, नेपालगञ्ज, काठमाण्डौंलगायतका ठाउँबाट मगाउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.