साहित्य

'योनीका कथाहरू'माथि अन्तर्क्रिया सम्पन्न
SHARES

फागुन २१, २०७४

    काठमाडाैं : मार्च महिना भित्रिँदै गर्दा विश्वभर महिला हिंसाविरुद्धका जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन्।

    यसै सन्दर्भमा राजधानीस्थित पर्यटन बोर्डमा केही दिनयता अमेरिकी नाटककार एभ एन्सलरद्वारा लिखित नाटक 'द भेजिना मोनोलोग्स'को नेपालीकरण 'योनीका कथाहरू' मंचन भइरहेको छ।

    समकालीन संसारका १४० बढी देशमा हरेक वर्ष भी-डेको अवसर पारेर यो नाटकको मंचन गरिन्छ। यसमा महिलाहरूले भोग्नुपरेको हिंसात्मक, पीडादायी, कठिन साथसाथै रमाइला कथाहरूलगायत अरू अनुभवहरू पनि जोडिएका छन्। चाखलाग्दो कुरा त के छ भने यसको पटकथा गतिशील छ। हरेक वर्ष नाटककाे मूल पाठमा महिलाहरूका अनुभवहरू थपिन्छन् र यसलाई रूपान्तरण गरेर देखाउने छुट छ।

    सोमबार अन्तिम मंचन हुने उक्त नाटक सुरु हुनुअघि 'योनीको कथाहरू' विषयक अन्तर्क्रिया सम्पन्न भएको छ। कार्यक्रममा वक्ताका रूपमा डा. सन्जीव उप्रेती, नाट्यकर्मी सिर्जना सुब्बा र आकांक्षा कार्की रहेका थिए। परिवार, घर, समाजभित्र हुने महिला हिंसाविरुद्ध आवाज उठाउन एकजुट हुनुपर्ने आवश्यक भएको वक्ताहरूले बताए। डा. सन्जीव उप्रेतीले भने, 'महिला र पुरुषको शारीरिक बनावट फरक भए पनि रहर र शोखहरू एउटै हुने तर समाजको दृष्टिकोण फरक रहेकाले आफ्नो पुरुषत्व देखाउन आफ्नो शक्ति महिलामाथि लाद्ने गर्छन्, जुन आफैँमा भयावह स्थिति हो।‘

    समाजका पुराना मूल्य र मान्यताहरू परिवर्तन नभएसम्म महिलामाथिको हिंसा नरोकिने डा. उप्रेतीको ठम्याइ छ। स्वयम् महिलाले पनि आफू हिंसामा हुँदासमेत बोल्न नसकेकाले महिलामाथि दिनानुदिन हिंसा बढ्दै गएको नाट्यकर्मी सिर्जना सुब्बाले बताइन्। उनले भनिन्, ‘शिक्षित वर्गले महिला हिंसा मात्र होइन, पुरुष हिंसा अन्त्यका लागि पनि आफ्नो ठाउँबाट कदम चाल्नुपर्छ।‘

    उक्त कार्यक्रममा बोल्दै आकांक्षा कार्कीले महिला सशक्तीकरणका लागि समाजको तल्लो तहबाट अवाज उठाउनुपर्ने बताइन्। महिलाले आफ्ना समस्याहरू स्वतन्त्र रूपमा व्यक्त गर्नका लागि थप ऊर्जा प्रदान होस भन्ने हेतुले योनीका कथाहरू नाटक हरेक वर्ष मंचन गर्नुपरेको धारणा व्यक्त गरिन्। उनले अर्को वर्षबाट देशका अन्य शहरमा पनि यो नाटक मंचन गर्ने प्रयास रहेकाे जानकारी दिइन्।

    उक्त नाटकमा गुंजन दीक्षित, सरिता गिरी, रेनुका कार्की, केनिपा सिंह, आकांक्षा कार्की, सिर्जना सुब्बालगायत १४ महिलाले अभिनय गरेका छन् भने नाटक निर्देशन आकांक्षा कार्की र गुंजन दीक्षितले गरेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]