|

काठमाडौं : आगामी चैत्त १ गतेदेखि कुनै पनि स्थानको सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधान चलाएमा जफत गरिने भएको छ।

सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने निर्णयअनुसार सो अभियान सञ्चालन गर्न लागेको हो। त्यसका लागि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी कार्यालय र देशभरका यातायात कार्यालयलाई अनुगमनका लागि पत्राचार गरिसकेको छ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, ‘चैत १ गतेदेखि सार्वजनिक सडकमा २० वर्षे पुुराना सवारी चलाएमा हामी ठाउँका ठाउँ सवारी जफत गर्छौं’, १ गतेदेखि अनुगमन सुरु हुन्छ, हामीले सूचना सार्वजनिक गरिसकेका पनि छौं। 

विभागले सवारी दुर्घटना र प्रदूषण कम गर्न २० वर्ष पुराना सवारीसाधन सञ्चालन निषेध गर्ने तयारी गरेको हो। तर यातायात व्यसायीले भने सवारीको आयु २० वर्ष तोकिनु वैज्ञानिक नभएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.