|

कैलाली :  प्रदेश नम्बर-७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेश सभा संसदमा विश्वासको मत लिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रका गरी दुईतिहाइ सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका भट्टले संसद बैठकमा विश्सावको मत लिएका हुन्।

५३ सदस्यीय सांसद रहेको प्रदेश नम्बर ७ मा मंगलबारको बैठकमा ४८ सांसदको उपस्थित रहेकोमा वाम गठबन्धनका ३८ सांसदले मुख्यमन्त्रीको पक्षमा र अन्य दलका १० सांसदले विपक्षमा मतदान गरेका सांसद सचिवालयले जनाएको छ। नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टिले यसअघि नै विपक्षमा मतदान गर्ने बताएका थिए। प्रदेश सभामा एमालेका २५ माओवादी केन्द्रका १४ नेपाली कांग्रेसका १२ र राजपाका २ गरी ५३ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.