|

प्युठान : प्युठानमा छुट्टाछुट्टै आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन्। प्युठान नगरपालिका- १ धरमपानी खैराको जंगलमा अहिले पनिआगलागी जारी छ।

मंगलबार बिहानदेखि लागेको आगोले पाँच घर, एक गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय संजय जीसी, रमेश जीसी, हरि बस्नेत र मानबहादुर जीसीको घर, टीका जीसीको गोठ र गोठमा भएको एउटा गोरुसमेत जलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। 

यसैगरी स्वर्गद्वारी नगरपालिका- ३ लुंगछराकोटमा आगलागी हुँदा चार घर-गोठ जलेर नष्ट भएको प्रहरी नावय उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरूले आगो नियन्त्रण प्रयासमा लागिरहेका छन्। आगो नियन्त्रणभन्दा बाहिर रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.