|

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगागाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगाका ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

मंगलबार साँझ आफ्नै गाउँ भएर जाने जलेश्वर–मटिहानी सडकखण्डको छेउमै रहेको पसलअगाडि धुलो उडिरहेको भन्दै पसलको पछाडि रहेको बिजुलीको मोटरबाट पानी छर्किन बिजुलीमा मोटर जडान गर्न गएका मिश्रको सोही मोटरमा बिजुलीको प्रवाह भई करेन्ट लागेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। 

मृतक मिश्रको शवपरीक्षणका लागि मंगलबार राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.