|

गोरखा : गोरखा नगरपालिका–१०, वीरेनचोकमा बा३ख ४६५८ नम्बरको माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी–१ घर भई मनकामना बहिरा मावि गोरखा कक्षा ५ मा पढ्ने श्रद्धा गौली रहेको प्रहरीले जनाएको छ।

दुर्घटनमा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए। घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ।

मृतक गौली गोरखा सदरमुकामबाट विद्यालय जाँदै थिइन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.