|

कैलाली : कैलालीको टीकापुरका करन थापाको हत्यामा संलग्न दुईजनालाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनीक गरेको छ। १७ फागुन राति टीकापुरको खुला मैदानमा देउडा होली हेरिरहेका टीकापुरका २१ वर्षीय करण थापालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेलगत्तै फरार रहेका टीकापुरकै सन्दीप रावल र सागर पाण्डेयलाई २१ फागुनमा प्रहरीले काठमाडांैको बालाजुबाट पक्राउ गरेको थियो।

पक्राउ परेलगत्तै आपूmले थापाको हत्या गरेको स्वीकार गरेका रावल र पाण्डेयलाई प्रहरीले २२ फागुन मंगलबार हवाईजहाजमार्फत धनगढी ल्याएको थियो। बयानका क्रममा सामान्य विवादपछि आक्रोशमा आएर आपूmले छुरा प्रहार गरेको हत्याका आरोपित रावल र सागरले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त प्रहरी नायव निरीक्षक सागर बोहोराले बताए।

दुवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरी रहेको र उनीहरुलाई मुलुकी ऐनअन्तर्गको कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दा चलाउने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका टीकापुरका अन्य २२ जनालाई सामान्य तारेखमा यसअघि नै छाडिसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.