|

स्वस्थ र दीर्घ जीवन सबैको आवश्यकता हो। मानिस लामो समय सुखी, स्वस्थ र खुसी रहन चाहन्छ। सुखी र खुसी मानिसले लामो जीवन जिउन चाहन्छ।

अनुसन्धानले प्रमाणित गरेको छ कि खुसी हुनेको शरीरमा छुट्टै ऊर्जा आउँछ। यसले शरीरलाई भित्रैबाट मजबुद बनाउँछ। जीवनप्रति माया र उत्साह जगाउँछ। लाफिङ थेरापी भनेर चिनिने यस किसिमको उपचार पद्धतिले मानिसलाई अन्तत: दीर्घ जीवन बाँच्च मद्दत गर्छ। यी र यस्ता थुप्रै आधारहरू छन्, जसले मानिसलाई स्वस्थ राख्छन्। पढ्नुहोस् स्वस्थ रहन यी सात टिप्स।

१. पौष्टिक आहार

मानिस स्वस्थ रहन पौष्टिक आहार जरुरी छ। स्वस्थ खानाले शरीरलाई फिट राख्छ। त्यसैले फाइबर, ओमेगा ३, फ्याटी एसिड, भिटामिन, मिनरल, प्रोटिन, आइरनलगायत पौष्टिक तत्त्वयुक्त खाना खाने गर्नुहोस्। उमेर बढ्दै जाँदा हाम्रो शरीरको गुणसूत्रको संख्या कम हुन थाल्छ, जसलाई टेलोमेर्स भनिन्छ। यसका कारण शरीर कमजोर हुन्छ र विभिन्न रोग लाग्न थाल्छन्।

डिएनएका कारण हुने यस्ता समस्यालाई रोक्न नसकिने विज्ञहरूले बताउँदै आएका थिए। तर, नयाँ शोधले के खुलासा गरेको छ भने यस्तो समस्या रोक्न सकिन्छ। यदि तपाईंले स्वस्थ खानपान र व्यायाममा पर्याप्त ध्यान दिनुभयो भने टेलोमेर हुने सम्भावना कम हुँदै जान्छ।

२. घुलमिल हुनुहोस्

स्वस्थ हुनका लागि मानिससँगको सम्पर्कमा जोडिइराख्नु जरुरी छ, जसले तपाईंमा राम्रो तरिकाले संवाद गर्न सक्ने गुणको विकास गरोस्। मानिसको सम्पर्कमा रहनाले तपाईंलाई एक्लो महसुस हुँदैन र तपाईं खुसी पनि हुनुहुनेछ।

३. सक्रिय रहनुहोस्

तपाईंले आफैँलाई धेरैभन्दा धेरै समय सक्रिय राख्नु जरुरी छ। अरूमाथि निर्भर हुँदा तपाईंलाई तनाव मिल्नेछ। त्यस्तै, तपाईंको शरीरमा रोगको संख्या पनि थपिनेछ। त्यसैले सानाभन्दा साना काम आफैँ गर्ने प्रयास गर्नुहोस्।

४.  मर्निङ वाक

स्वस्थ रहन र लामो उमेर बाँच्नका लागि बिहानको हावा जरुरी हुन्छ। बिहानको सूर्यको किरण र स्वच्छ हावा स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ। यस्तो किरणबाट हाम्रो शरीरलाई भिटामिन डी प्राप्त हुन्छ। त्यसैले बिहान ताजा हावा लिनका लागि पनि मर्निङ वाकमा निस्कनुहोस्।

५. यथेष्ट पानी पिउनुहोस्

स्वस्थ रहनका लागि पर्याप्त मात्रामा पानी पिउनु जरुरी छ किनकि यसले पाचनतन्त्रलाई ठीक राख्छ। त्यस्तै, शरीरबाट टक्सिन्स निकाल्छ। त्यसैले नियमित रूपमा आठदेखि १० गिलास पानी पिउनुहोस्। बाहिर निस्कँदा पानीको बोतल साथमा बोक्नुहोस्।

६. पूरा निद्रा

स्वस्थ मन र शरीरका लागि पूरा समय सुत्नु जरुरी छ। नियमित रूपमा कम्तीमा सात, अधिकतम नौ घन्टासम्म सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। निद्राको कमीले तनाव हुन्छ र धेरै रोग बढाउन सक्छ। मुटुको समस्या, दिमागसँग सम्बन्धित रोग र मधुमेह हुने सम्भावना निद्राका कारण बढ्न सक्छ।

७. सकारात्मक सोच

स्वस्थ र दीर्घजीवनका लागि सकारात्मक सोच अपरिहार्य छ। जब हामी कुनै नकारात्मक विषयमा सोच्छौँ या नकारात्मक सोचका व्यक्तिसँग भेट्छौँ, त्यति बेला हाम्रो रक्तचाप बढ्छ र हामी 'डिप्रेस्ड' अनुभव गर्छौं। यसको सिधा असर हाम्रो स्वास्थ्यमा परेको हुन्छ, जसले हामीलाई अस्वस्थ बनाउँछ। त्यसैले यदि तपाईंको चाहना दीर्घायु छ भने सकारात्मक रहन सक्‍नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.