|

नुवाकोट : ठूलो संख्यामा वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहरिएका लोडु डिमे कारागार चलान भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि डिमे बुधबार कारागार चलान भएका हुन्।

काठमाडौं बौद्धका ४० वर्षीय डिमेलाई सिआइबी इन्टरपोलले भारतीय इन्टरपोलको सहयोगमा सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएको थियो।

वन्यजन्तु तस्करी अभियोगमा तत्कालीन पुनरावेदन अदालतको २०७१ फागुन १२ को फैसलाले पाँच वर्षको कैद सजाय तोकिएकाले उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिए।

जिल्ला वन कार्यालयल नुवाकोटले २०७१ असार १३ गते डिमेलाई १ लाख जरिवाना सुनाएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन पुगेको थियो। वन कार्यालयको फैसला उल्टाउँदै डिमेलाई पुनरावेदन अदालत पाटन, ललितपुरले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनअनुसार अवैधरुपमा आखेटोपहार ओसारपसार मुद्दामा पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.