|

काठमाडौं : साँस्कृतिक संग्रहालय नेपालले बिहीबार काठमाडौंमा  १०८अौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी आयोजना गरेको छ। 

साँस्कृतिक संग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले समाजमा रहेका केही त्यस्ता महिलाको थप पहिचानको आवश्यक भएकाले आफूहरूले यस्तो कार्यक्रमको आयोजना गरेको बताए। प्रदर्शनीको उद्‍घाटन रक्षामन्त्री ईश्वर पोखरेलले गरे।

प्रदर्शनीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश ३ का प्रमुख अनुराधा कोइराला, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलगायतका देशलाई योगदान गर्ने महिलाको दुई सय फोटो राखिएको छ। 

 बिहीबारबाट सुरु भएको प्रदर्शनी आगामी ३० गतेसम्म चल्नेछ। 

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.