अहिलेसम्म गरिएको गडबडी मिनाहा

|

हामी वाम गठबन्धन बनाएर चुनावमा गएका थियौँ। हाम्रो मुख्य नारा थियो- 'देशलाई समृद्धितर्फ लैजाने।'

राजनीतिक लडाइँहरू लड्यौँ, अधिकारका लडाइँहरू लड्यौँ र अधिकारका लागि हामीले राजनीति गर्‍यौँ। कतिपय मित्रहरू राजनीति के हो भन्ने थाहा नहुने र आफैँ राजनीति गर्ने अनि राजनीतिकर्मीहरूलाई धेरै गाली गर्ने गर्नुहुन्छ।

उद्योगीहरूको ध्यान उद्योगधन्दाहरू कति फष्टाउने, कसरी आफ्नो उद्योगलाई विकास गर्ने भन्नेमा हुने हो। व्यापारीहरूको ध्यान कसरी आफ्नो व्यापार चल्छ भन्नेमा हुन्छ, जनताको ध्यान आफूलाई कसरी सुविधा हुन्छ भन्नेमा हुन्छ।

नेताहरू मन्त्री बनेपछि असुली गर्न थाल्ने, कर्मचारी असुलीमा सहभागी हुने, तस्कर हाम्रा कर्मचारीलाई घुस खुवाउन थाल्ने

यी तीनवटै बीचको सरकारको काम हुन्छ कसरी सम्वन्वयन गरिदिने सबै हितमा कसरी नीति निर्माण गरिदिने। यी सबै निकायको बीचमा लडाई भएको छ अहिले पनि छ। राजनीति छदै छ बाँकी नै छ। अहिलेसम्म हामी नेताहरू मन्त्री बनेपछि असुली गर्न थाल्ने, कर्मचारी असुलीमा सहभागी हुने, तस्कर हाम्रा कर्मचारीलाई घुस खुवाउन थाल्ने अनि उनी उद्योगीहरूको काम ढिला भयो भने पेस्की दिन थाल्ने छ।

अहिलेसम्म हामी सबै आफ्ना लागि मात्रै गर्‍यौँ । 'नारा देशको लागि लागि काम व्यवहारमा आफ्ना लागि'। अहिलेपनि उद्योगीहरू भन्छन् सुविधा भएन व्यापीहरू भन्छन् यो घटाइदिनु पर्‍यो।  हामी त जनतालाई भनेका छौँ 'तपाईहरूको सेवामा हामी लाग्छौ देशको सेवा गर्छौ'। 

जहिले पनि फेरिने वित्तीकै शुन्य सहनशिलता काम भन्ने दोव्वर कमिशन अहिलेसम्म यही चलेको थियो

अव नेपाललाई केही वर्षमै अथवा हाम्रो प्रधानमन्त्रीका अनुसार अवको पाँच वर्षमा देशलाई नमुना बनाइदिने हो।  हामीलाई प्रधानमन्त्रीले निर्देशन दिइराख्नु हुन्छ भष्ट्राचार चल्दैन। सबैलाई के लाख्छ भने सबै यसै भन्दै आएको हुन्। प्रधानमन्त्री पनि जहिले पनि फेरिने वित्तीकै शुन्य सहनशिलता काम भन्ने दोव्वर कमिशन अहिलेसम्म यही चलेको थियो। विगतबाट यस्तै चल्दै आएको छ।

अहिले प्रधानमन्त्रीको आदेश कुनै पनि शर्तमा यताउता नगर्ने शुन्य तिरनै लैजाने।  यसमा उद्योगी व्यापारी तयार हुने या नहुने । अब हामी सबै अगाडी चुनौति छ यो राष्ट्रिय अभियान हो।  आर्थिक समृद्धिको राष्ट्रिय अभियान हो। अलिअलि व्यक्तिगत मर्का परेपनि सहनु पर्ने अभियान हो। म त्यही अनुरोध गर्छु हामी सबै राष्ट्रिय अभियानमा जुटौँ यो पनि राष्ट्र बनाउने राजनीति हो। 

वाम गठबन्धन बनाएर चुनाव लडेका हामी केही दिनमा एकताको घोषणा गर्छौ। तपाईहरूको गुनासो सुन्छौँ हामी पार्टीका नेताहरू कहिले जुट्दैनन्। यस्तो हुन्छ उस्तो हुन्छ भन्छन्। हो पनि तर, निजी क्षेत्र पनि छुटेको छैन।

खादा लगाउने टाइम लिने काम केको गर्न दिने। कामै गर्न दिदैनन्

 एउटै विभागमा चार/चार वटा संगठन आउँछन्। खादा लगाउने टाइम लिने काम केको गर्न दिने। कामै गर्न दिदैनन्। नभेट्यो भने यो मन्त्री केहो के भन्लान।

हामी आग्रह गर्न चाहन्छौ निजी क्षेत्र पनि एक जुट बन्नु पर्छ। हामी एकजुट हुँदैछौँ निजी क्षेत्र पनि एकजुट बन्नु पर्छ। हामी सबै एकजुट बनौ र राष्ट्रिय अभियानमा लागौँ। 

मेरो निजी क्षेत्रसँग अर्को पनि आग्रह छ। अब, पेस्की दिन गरिदुनुहोला। गलत काम गराउने तर्फ नलाग्नु होला। जसले गढवढ गर्छ अव त्यो चल्ने वाला छैन।

जसले घुस खुवायो उसको काम बन्दैन। हिजोसम्म घुस खुवाउनेको काम हुन्थ्यो अव जसले घुस खुवाउछ उसको काम बन्दैन जसले घुस खान्छ उसको त हालत के हुन्छ हुन्छ। 

सबै देश बनाउने अभियानमा लागौँ २/४ जना अर्बपति खर्बपति भएर देश धनी हुँदैन। मैले देखेको छु कतिपय ठूला देशमा खर्वपतिको लिस्ट नै छ हाम्रो बजेट जतिको घर नै बनाउछन्। तर, त्यहाँ लाखौँको भिख माग्नेको ताती हुन्छ। त्यो देश केको धनी म चूनौति दिन्छु अहिलेपनि धेरै देश भन्दा राम्रो छौँ। त्यसैले छाता जस्तो हैन पिरामीड जस्तो अर्थतन्त्रको विकास गरौँ। 

आत्तिनु पर्दैन म प्राधानमन्त्रीसँग समय लिएर सल्लाहा गरेर गडवढ गर्ने कर्मचारीलाई पनि समय दिन्छौ। हिजो के के गर्नु भयो मिनाहा एक्लै गढबढ गर्न सकिदैन। निजी क्षेत्रलाई पनि हिजो के के गर्नु भयो मिनाहा। तर, देशै डुवाउने गरी गर्नु भएको मिनाहा हुँदैन।

 मिनाहा गरौ अब नयाँ ढंगबाट चलौ सबैले आफूलाई रुपान्तरण गरौँ देश र जनता प्रति समर्पित हौँ। हामीलाई प्रधानमन्त्री (कमाण्डर)को देश र जनता प्रति समर्पित हुने आदेश छ। हामी सिपाहि हौँ सिपाहीले कमाण्डको आदेश मान्छु पर्छ।

पछि आएर फेरी सिपाहीले यसो गर्‍यो भन्नुहोला हाम्रो कमाण्डरले कसैको केही सुन्नुहुन्छैन। सिपाही 'वन द स्पोर्टस' कारबाही गरेपछि त्यो कमाण्डरलाई थाहा पनि हुनेछैन। 

(नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा राजधानीमा बिहीबार आयोजित 'नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला'मा मन्त्री यादवले राखेको मन्तव्य)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.