|

बारा : नम्बर नखुलेको सवारीको ठक्करबाट बारामा एक युवकको मृत्यु भएको छ। पेट्रोल सकिएर डोर्‍याइरहेको मोटरसाईकल पछ्याउँदै गरेका एक युवकको नम्बर नखुलेको सवारीको ठक्करबाट मृत्यु भएको हो।

सर्लाहीबाट वीरगंजतर्फ जाने क्रममा सर्लाही ईश्वरपुर नगरपालिका-२ का राजेशकुमार रामको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गको बाराको निजगढस्थित सिगौंल गेट अगाडि पेट्रोल सकिएर मोटरसाईकल डोर्‍याउने क्रममा सबैभन्दा पछाडि रहेका रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

बुधबार राती अज्ञात सवारी साधनले ठक्कर दिएपछि वीरगंजमा उपचारको क्रममा रामको बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक कुमार रायले जानकारी दिए।

मोटरसाइलमा आएका तीन जनामध्ये निरन्जन कुमार चौधरीले मोटरसाइकल डोर्‍याएका थिए। मोटरसाईकलसँगै रामप्रवेश साहको नजिकै थिए। मृतक राम भने केही पर भएकाले उनका साथीले कुन सवारीले ठक्कर दिएको भनेर पत्तो पाउन नसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.