|

काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका भवन निर्माणका लागि नक्सा डिजाइन दिए पनि बजेट अभावमा निर्माण भने सुरु भएको छैन।

भवन निर्मामाण एकरूपता कायम गर्न मन्त्रालयले जेठमा ७५३ वटै स्थानीय तहलाई नक्सा पठाएको थियो। संविधान र कानुनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि बजेट अभावमा ५८ वटा नगरपालिका बहोक अन्य धरै स्थानीय तहका आफ्नै भवन छैनन्। स्थानीय तहसँग भएका भवन पनि पुराना र साँघुरा छन्। 

राज्य पुनस्संरचना गर्दा बनाइएका स्थानीय तहमा अहिले तीन देखि चार महाशाखा र आवश्यकताअनुसार शाखा कार्यालय छन्। जिल्लास्थित विषयगत कार्यालयका काम पनि क्रमिक रूपमा स्थानीय तहमा हस्तान्तरण हुँदै जान थालेका छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नगरपालिका व्यवस्था शाखाका उपसचिव विष्णु गौतम  चालु आर्थिक वर्षदेखि अर्थ मन्त्रालयले सम्मानीकण शीर्षकमा एकमुष्ट रकम सिधै स्थानीय तहको खातामा पठाएकाले भवन निर्माण शीर्षकमा मन्त्रालयसँग बजेट नभएको र दिन नसकिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.