|

युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले इटलीको एसी मिलानलाई २–० ले हराएको छ। 

बिहीबार राति इटालियन क्लब एसी मिलानको घरेलु मैदानमा भएको प्रि–क्वार्टरफाइनल पहिलो लेगको खेलमा आर्सनलले मलिानलाई २–० गोल अन्तरले हराएको हो। आर्सनललाई जिताउन हेन्रिक मख्तरियान र आरोन राम्सेले एक–एक गोल गरे। पहिलो लेगमा २–० को अग्रता लिएसँगै आर्सनलले युरोपा लिगको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ।

युरोपा लिग फुटबलअन्तर्गत प्रि–क्वाटरफाइनल पहिलो लेगका अन्य खेलहरूमा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाई ३–० ले, फ्रान्सको लियोंले रुसको सिएसकेए मस्कोलाई १–० ले, फ्रान्सको मार्सेले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३–१ ले तथा अष्ट्रियाको आरबी साल्जबर्गले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–१ ले हराएका छन्।

इटलीको लाजियो र युक्रेनको डाइनामो किभले भने २-२ गोलको बराबरी खेलेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.