|

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोन उनसँग भेटवार्ता गर्न तयार भएका छन्।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यु–योङलाई ह्वाइट हाउसमा भेट्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका हुन्। उनले आगामी मेसम्म भेटवार्ता हुनसक्ने बताए।

उत्तर कोरियाली नेता किमले आफ्नो आणविक कार्यक्रम रोक्ने जनाएपछि ट्रम्पले भेटवार्ता गर्ने बताइएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ। ट्रम्पसँगको भेटपछि दक्षिण कोरियाली सुरक्षा सल्लाह योङले उत्तर कोरियाले यसै हप्ताभित्र आणविक कार्यक्रम स्थगित गर्ने घोषणा गर्नेसमेत बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.