|

काठमाडौं : यही शनिबार र आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको एसिया प्यासिफिक भेजिटेरियन सम्मलेन हुने भएको छ। नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघ (आईभीयू) को सहकार्यमा महेन्द्र पुलिस क्लबमा हुने कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक कसीमा बहस र व्याख्या गरिने बताइएको छ।

महोत्सवमा शाकाहारी परिकार प्रदर्शन गरिने संस्थाका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिए। नेपालमै पहिलो भएको दाबी गरिएको कार्यक्रममा विभिन्न तीस देशबाट निम्तालु आउने संस्थाका महासचिव सुरेश शर्माले जानकारी दिए। सम्मेलनमा नेपालभरका चार सय बढी प्रतिनिधि सहभागी हुने कार्यक्रम छ। 

मासु र जनावरजन्य उत्पादन क्यान्सरलगायतका असाध्य रोगका कारक रहेको सन्दर्भमा शाकाहारको महत्त्व जगाउन र यसको प्रवर्धन गर्न अत्यन्तै आवश्यक भएको रेडियो जंकी तथा संघकी सदस्य रिता लिम्बुले बताइन्। महोत्सवको उद्घाटन बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले गर्नेछिन्।

कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, हेलो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.