|

बारा :  डिभिजन सहकारी कार्यालय बारामा दर्ता भएका सात सय १३  सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण भएका छन्। डिभिजन कार्यालयले जिल्लाका १६ वटा स्थानीय तहमा सञ्चालित सहकारीलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो। 

सहकारी संस्था स्थानीय तहको मातहतमा रहने नीतिअनुरुप मल दर्ता किताब हस्तान्तरण गरेको डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलत्तम पोखरेलले जानकारी दिए। कार्यालयले स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतलाई सम्बन्धित तहभित्रका सहकारी संस्था हस्तान्तरण गरिएको हो। 

नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार सहकारी ऐन २०७४ को व्यवस्थाबमोजिम स्थानीय तहले सहकारी संस्थाको नियमन हस्तान्तरण गर्न सुरु गरेको सहकारी विभागका रजिस्ट्रार केशव रेग्मीले बताए। 

यस अघि विभागले मकवानपुर, ललितपुर, काठमाण्डौं र तनहुँ जिल्लाका सहकारीलाई स्थानीय तहमा हस्तान्तरण गरिसकेको रजिस्ट्रार रेग्मीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.