|

काठमाडौं : देशकै जेठो वीर अस्पताललाई आधुनिक तथा सुविधायुक्त ९ तले भवनको निर्माण सुभारम्भ गरिएको छ। तीन वर्षभित्र निर्माण सम्मपन्न गर्ने लक्ष्यसहित सो भवनको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका छन्।

अत्याधुनिक ल्याब मेसिनसहितको १७ रोपनी क्षेत्रफल जग्गामा  निर्माण हुन लागेको नयाँ भवनमा ६ सय ५० बेडसहित बिरामीलाई गुणस्तरिय सेवा दिने अस्पतालको लक्ष्य रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले बताए।

हाल अस्पतालको आकस्मिक कक्ष अगाडि  बन्न लागेको सो नयाँ भवनमा उक्त कम्प्लेक्समा १५ वटा मेजर शल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछन्। यसका साथै आधुनिक उपकरणहरु पेटस्क्यान, एमआरआई, सिटीस्क्यानलगायतका सेवासमेत हुनेछन्।

 यस्ता पाइनेछन् सेवासुविधा

 १५ सया शय्‍याको गुरुयोजना तयार गरिएको सो भवनमा पहिलो चरणमा ६ सय ५० शय्‍या हुनेछ। जमिनमुनि दुई तल्लासहित नौ तलाको बन्न लागेको सो भवनको ग्राउण्ड फ्लोरमा रेडियोलोजी तथा आकस्मिक सेवा, पहिलो तल्लामा १५ वटा अपरेसन थियटरहरु। दोस्रो तल्लामा पोष्ट अपरेटिभ तथा ४० शय्‍याको सर्जिकल आइसियु रहनेछ। भने तेस्रो, चौथो, पाचौँ र छैटौँ तल्लामा बिरामीको वडा हुनेछ। यस्तै, सातौँ तल्लामा लाइब्रेरी सभा कक्ष तथा स्टाफ क्यान्टिन र विभागीय प्रमुको कोठाहरू रहनेछ।

सो भवनमा ज्‍येष्ठ नागरिक तथा अपांगको निम्ति विशेष किसिमको व्यवस्था रहनेछ। यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले भवन निर्माणका लागि बोलपत्र स्विकृत गरिसकेको छ। भवन जेड आइइसी–शर्मा–रसुवा जेभी’ नामक कम्पनीले निर्माण गर्नेछ। निर्माणका लागि २ अर्ब ३४ लाख ७२ हजार ९ सय ९५ रुपैयाँ खर्च हुनेछ। यो रकम मूल्य अभिवृद्धि करबाहेकको हो। बहुवर्षीय योजनाअनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.