|

काठमाडौं : नेपाल पर्यटन बोर्डले दुई वर्ष अघिदेखि फोटोको माध्यमबाट  देशको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक महिना फोटो प्रदर्शन गर्दै आएको छ । बोर्डको यो प्रयासले नियमित रूप लिँदा फोटो प्रदर्शनी दुई वर्षदेखि निरन्तर रूपमा भइरहेको छ। यसै अभियानको निरन्तरतास्वरुप पर्यटन बोर्ड र फोटोपत्रकार (पिजे) क्लब नेपालसँगको सहकार्यमा पर्यटन बोर्डले शुक्रबार हिउँद शीर्षकमा फोटो प्रतियोगिताको आयोजना गरेको थियो। हिउँद (विन्टर) थिममा गरीएको प्रतियोगितामा जाडोयामको जनजिवनसँग सम्वन्धित फोटोहरू सहभागी थिए।

बोर्डद्वारा फोटो नेपाल नाममा गरिँदै आएको प्रदर्शनी नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, वन्यजन्तु तथा चरा चुरुङ्गीका रोचक पक्षका साथै देशका बिभिन्न क्षेत्रको जिवनशैलीलगायतका विषय समेट्ने दृश्यमा पूर्णरुपमा सफल रहेको जनाइएको छ।

प्रतियोगितामा ५ सय ९ फोटोहरुको सहभागिता रहेको थियो। सहभागीमध्ये उत्कृष्ट ५० फोटोहरूलाई प्रदर्शनीमा राखिएको थियो।  प्रतियोगितामा प्रसन्न बज्राचार्यको फोटोले उपाधि जितेको थियो भने बिक्रम र प्रमिनले क्रमश: दोस्रो र तेस्रो उपाधि जितेका छन। प्रतियोगितामा सहभागी उत्कृष्ट ५० फोटोलाइ पर्यटनबोर्डमा आगामी एक हप्तासमम्म  प्रदर्शनीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.